मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • कैलालीमा एक घरमा आगलागी

कैलालीमा एक घरमा आगलागी

  • शुक्रबार, बैशाख २४, २०७८
कैलालीमा एक घरमा आगलागी

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले बताए।

विद्युतको तार सर्ट भई एक्कासि आगलागी भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको र मानवीय क्षति भने हुन नपाएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार