बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • भिरमा गएर टिकटक बनाइरहेका एक किशोरको लडेर मृत्यु

भिरमा गएर टिकटक बनाइरहेका एक किशोरको लडेर मृत्यु

  • शुक्रबार, बैशाख २४, २०७८
भिरमा गएर टिकटक बनाइरहेका एक किशोरको लडेर मृत्यु

काठमाडौं– टिकटक बनाउँदा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका–११ स्थित हर्देनी भीरमा टिकटक बनाउँदा धरान–५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको प्रहरीले बताएको छ।

टिकटक बनाइरहेका बेला भिरबाट लडेर गम्भीर घाइते भएका उनको कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनी धरानबाट ओखलढुङ्गा जाँदै गरेको सुमोमा चढेका थिए। उदयपुरको हर्देनीमा सुमो बिग्रिएको र त्यसपछि उनी भिरमा गएर टिकटक बनाउन थालेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार