शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सरकारले एकसाता भित्र चीनबाट २० हजार अक्सिजन सिलिण्डर ल्याउने

सरकारले एकसाता भित्र चीनबाट २० हजार अक्सिजन सिलिण्डर ल्याउने

  • बिहिबार, बैशाख २३, २०७८
सरकारले एकसाता भित्र चीनबाट २० हजार अक्सिजन सिलिण्डर ल्याउने

चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ। तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन।

कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने।’ यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ। यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ।

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो। यहीबीचमा सरकारले भारतबाट पनि लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल जारी राखेको छ।

प्रधानमन्त्री कार्यालयको कार्ययोजनामा उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरु खिचेर कोभिड अस्पतालहरुलाई उपलब्ध गराउने उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार