शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा थपिए १३० जना कोरोना संक्रमित

चितवनमा थपिए १३० जना कोरोना संक्रमित

  • बुधबार, बैशाख २२, २०७८
चितवनमा थपिए १३० जना कोरोना संक्रमित

२२ वैशाख, चितवन — चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।

थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, खैरहनीका २, कालिका नगरपालिकाका १ तथा माडी नगरपालिकाका २ जना छन् ।

बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका हुन् । चितवनमा करिब १५ सय जना सक्रिय संक्रमित छन् ।

चर्चामा

सम्बन्धित समाचार