शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

  • सोमवार, बैशाख २०, २०७८
स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले अनलाइनखबरसँग भने, ‘एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो सानो परिमाणमा सुन भित्र्याउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार