बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

  • सोमवार, बैशाख २०, २०७८
बलात्कार मुद्दाका दोषी १० वर्षपछि पक्राउ

काठमाडौं — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । खनारमा रहेको प्लाईउड कारखानामा काम गरिरहेको सुराकको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

संखुवासभाको साविक खराङ गाबिस–२ का ४३ वर्षीय गणेशले १३ वर्षीया बालिाकालाई बलात्कार गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । जिल्ला अदालत संखुवासभाको आदेशले उनलाई कारागार चलान गरिएको इन्सपेक्टर खतिवडाले बताए ।

ईलाका प्रहरी कार्यालय चैनपुरले यसअघि ०७८ बैशाख ६ मा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । चैनपुर नगरपालिका–४ घर भएका ५३ वर्षीय तिलबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक खतिवडाका अनुसार तामाङलाई जिल्ला अदालत संखुवासभाको ०७६ जेठमा लागुऔषध मुद्दामा ४ महिना २४ दिन कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार