शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७८ साल वैशाख २० गते सोमबारकाे राशिफल

२०७८ साल वैशाख २० गते सोमबारकाे राशिफल

  • सोमवार, बैशाख २०, २०७८
२०७८ साल वैशाख २० गते सोमबारकाे राशिफल

विसं २०७८ साल वैशाख २० गते सोमबार । इस्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–सप्तमी, ३४ घडी १७ पला, बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– उत्तराषाढा, २० घडी ५१ पला, दिउँसो ०१ बजेर ४५ मिनेट उप्रान्त श्रवण । योग–शुभ, ५३ घडी ०२ पला, रातको ०२ बजेर ३८ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा, बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३३ घडी ०१ पला । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बुढुवा हुने योग रहेको छ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) वादविवाद तथा झैझगडाबाट टाडै बस्नुहोला, अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हाबी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थीहरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन तान्न सकिनेछ । प्रियजन भेट हुनेछ भने आथ्यिपूर्ण सम्मान पाइने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने योग छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगल राम्रा काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवनसाथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) राजनीति तथा समाज सेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बड्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) अस्वाभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाडिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईं दिन शुभ रहोस ।

चर्चामा

सम्बन्धित समाचार