मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • विरामी अस्पतालमा रोकिए, ताला लगाएर डाक्टर भागेपछि…

विरामी अस्पतालमा रोकिए, ताला लगाएर डाक्टर भागेपछि…

  • आइतवार, बैशाख १९, २०७८
विरामी अस्पतालमा रोकिए, ताला लगाएर डाक्टर भागेपछि…

बिरामीहरुको चेकजाँच गर्न छोडेर जिल्लाको छेडागाड नगर अस्पताल बन्द गरेर डाक्टर भागेका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा जिल्लामा गरिएको लकडाउन (निषेधाज्ञा) को कारण देखाएर नगर अस्पताल बन्द गरेर डाक्टर भागेका हुन् । छेडागाड नगर अस्पतालमा कार्यरत डा. बिष्णुनाथ शर्माले अस्पताल बन्द गरेर भागेपछि उपचार गर्न अस्पतालमा पुगेका बिरामीहरु अलपत्र परेको स्थानीय नरेश थापाले जानकारी दिए ।

छेडागाड–११ फुम्ना, १२ काँडा, ५ बडावन र पजारुबाट झण्डै १५ जना भन्दा बढी बिरामी उपचारको लागि अस्पताल पुगेका थिए, डाक्टरले अस्पताल बन्द गरेर भागेपछि बिरामीहरु अलपत्र परेका छन् थापाले भने–‘टाउँको दुख्ने, पखाला लागेका, बान्ता हुने बिरामीहरु अस्पतालमा आईपुगेका थिए, निषेधाज्ञा जारी भएपछि हामीले विरामी चेक गर्न मिल्दैन भन्दै अस्पतालका सबै शाखाहरु बन्द गरेर मोटरसाईकलमा चेढेर डाक्टर भागेका हुन् ।’

अस्पतालका अन्य कर्मचारीहरुलाई बिरामीहरुको पुर्जी नकाट्नु भन्ने आदेश दिदै डा. शर्मा अस्पतालका सबै शाखाका चापीहरु आफैले बोकेर भागेको स्थानीय थापाले जानकारी दिएका छन् । अस्पताल बन्द गर्नुको कारण आफुलाई कुनै जानकारी नदिएको बताउदै नगरप्रमुख लालबहादुर महतराले स्वास्थ्य सेवा प्रवाह गरिरहेको नगर अस्पताललाई यस्तो महामारीको बेला बन्द गर्न नहुने धारणा राखेका छन् । अस्पताल बन्द गरेर हिडेका डाक्टरको खोजी तत्कालै गर्ने बताएका नगरप्रमुख महतराले एन्टीजेन प्रविधीबाट कोरोना परिक्षण गर्न डा. शर्मा नगरपालिकाको प्रशासनीक केन्द्र मनघाटमा पुगेको बताएका छन् ।

कोरोना परिक्षण गर्न मनघाट पुगेका डा. शर्माले अस्पतालका सबै शाखामा किन ताला लगाए ?, बिरामीहरुको पुर्जी नकाट्नु भनेर अन्य कर्मचारीलाई किन निर्देशन गरे भन्ने बिषयमा भने, नगर प्रमुख महतराले केही पनि बोलेका छैनन् । स्वास्थ्य सेवालाई नै प्रभावकारी बनाउनका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बन्द गरिएको नगर अस्पताललाई तत्काल खोलेर सेवा संचालन गर्न निर्देशन गर्ने बताए । #स्रोत : डिजिटल सञ्चार

चर्चामा

सम्बन्धित समाचार