शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु

आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु

  • आइतवार, बैशाख १९, २०७८
आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु

काठमाण्डौ — आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु भएको छ।

धादिङको गल्छी गाउँपालिका–५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बेलुका सवा ८ बजे बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको मृत्यु भएको हो। प्रहरीका अनुसार टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका थिए। घटनापछि टिप्पर चालक भागेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार