शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ

  • आइतवार, बैशाख १९, २०७८
कञ्चनपुरमा लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ

धनगढी — कञ्चनपुरमा लागु औषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन।

जिल्लाको बेल्डाँडि गाउंपालिका वडा नम्बर ३ बिचपट्टिस्थित नेपाल भारत सिमाना तर्फबाट उत्तर नेपाल तर्फ आइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए।

उनका अनुसार बेलडाँडी गाँऊपालिका वडा नम्बर ५ ईमलिया बस्ने वर्ष २१ को गोपाल रानाले चलाईरहेको से १ प ५०१८ नम्वरको मोटरसाईकलबाट ३ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो खैरो पदार्थ फेला परेको हो। यस्तै वडा नम्बर ३ सिमलडाडीस्थित नेपाल तर्फ आइरहेको भिमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने २३ वर्षीय प्रभुराज हमाललाई पक्राउ गरिएको छ।

उनको साथबाट लागु औषध खैरो हीरोइन जस्तो देखिने ६।४६० समेत गरी जम्मा १० ग्राम ३६ मिलिग्राम लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक बमले बताए। उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार