शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कोरोना संक्रमितको संख्या ३८ पुग्यो

बाजुरामा कोरोना संक्रमितको संख्या ३८ पुग्यो

  • शनिबार, बैशाख १८, २०७८
बाजुरामा कोरोना संक्रमितको संख्या ३८ पुग्यो

बाजुरा १८ बैशाख — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।
जिल्लाका बडिमालिका नगरपालिकामा १७ जना, हिमाली गाउँपालिका १४ जना रहेका छन भने बुढिगंगा नगरपालिकामा ४ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना संक्रमित रहेका छन स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज गौमुल गाउँपालिकामा नयाँ कोरोना संक्रमित थपिएका छन । यो संग जिल्लामा कोरोनामा महामारीले भयाभह अबस्था श्रृजना गर्न सक्ने भएकोले जिल्ला बासीलाई सचेत हुन आग्रह समेत गरेको छ
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाजुरा जिल्लामा ४ ओटा कोरोना अस्पताल रहेका जनाएको छ सोही अस्पतालमा ४५ बेड, २ आइसियू र २ भेन्टीलेटर रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार