बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाको लक्षण देखिएका गाउँपालिका अध्यक्षको मृत्यु

कोरोनाको लक्षण देखिएका गाउँपालिका अध्यक्षको मृत्यु

  • शुक्रबार, बैशाख १७, २०७८
कोरोनाको लक्षण देखिएका गाउँपालिका अध्यक्षको मृत्यु

पर्सा — कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ।

पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो।

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्षण देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ।

कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए। चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र पाँच छोरी रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार