बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा स्वास्थ्यकर्मी नै रगत दिएर बिरामी बचाउदै

बाजुरामा स्वास्थ्यकर्मी नै रगत दिएर बिरामी बचाउदै

  • बिहिबार, बैशाख १६, २०७८
बाजुरामा स्वास्थ्यकर्मी नै रगत दिएर बिरामी बचाउदै

बाजुरा–जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मी बिरामीको उपचार मात्र नभई आफै रगत दिएर बिरामी बचाउने गरेका छन् । रक्तदान गर्ने कोही नपाईएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आफै रगत दिने गरेका छन् ।
बिहिवार जिल्ला अस्पताल बाजुरामा उपचारमा आएकी खप्तडछेडेदह गाँउपालिका ६ बस्ने ४० बर्षिय राधिका पाध्यायलाई ए पोजेटिभ रगत आबश्यक परेको थियो । रक्तअल्पता देखिएकि पाध्यायको शरिरमा रगतको मात्रा २.५ प्वान्ट हेमोगोलोबिनको मात्र रहेको थियो । आफन्तले रगत धेरै ठाँउ खोजेपनि कतै नपाएपछि स्वास्थ्यकर्मीले आफै रगत दिएका छन् ।
अस्पतालमा अहेब पदमा कार्यरत द्धय प्रेम बडुवाल र लक्ष्मि रोकायाले एक एक प्वान्ट रगत दिएका छन् । रगतको मात्रा धेरै कम भएकि राधिकालाई कतै रगत दिने नपाएपछि स्वास्थ्यकर्मी आफैले रगत दिएको ल्याब असिटेन्ट जगत शाहिले वताएका छन् । राधिकालाई जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी जवान आकाश चौधरीले पनि रगत दिएका छन् ।
जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी बिरामीको उपचार मात्र नभई आफै रगत दिएर बिरामी बचाउने गरेको स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताएका छन् । बिरामीलाई रगत चाहीएमा, स्वास्थ्यकर्मी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।
बाजुरामा स्वास्थ्यकर्मी सुरक्षाकर्मीले रगत दिएर धेरै सुत्केरी महिला र बिरामीको ज्यान जोगाउदै आएका छन् । रगत आबश्यक परयो भने स्वास्थ्यकर्मी, सेना प्रहरीलाइ खबर गर्ने गरेका छौ, जिल्ला अस्पताल बाजुराले जनाएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । बलोड बैङ्क नहुँदा रगत आबश्यक परेकालाई रगत नपाउने गरेको रावलले वताए ।
जिल्ला स्वास्थ्य कार्यलयमा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा दिनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको अस्पतालले जनाएको छ । सुत्केरीका लागि रगतको निकै खाचो हुने गरेको छ, रगत दिने खोज्दै बजार र सरकारी कार्यलय धाउने गरेका स्वास्थ्यकर्मीले वताएका छन् । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको पाईएको छ ।
अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा बलोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार