बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

  • बुधबार, बैशाख १५, २०७८
गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

१५ वैशाख, काठमाडौं–गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एकजना महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो । उनमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखा नगरपालिका–१४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार