शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले

रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले

  • बुधबार, बैशाख १५, २०७८
रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर जले

१५ वैशाख, काठमाडौं —रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् ।

घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्‍याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र ७ गाई चाहिँ जलेका छन् ।

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । ‘यो दमकल आउन सक्ने ठाउँ होइन, मोटो र सेउलाले छोपेर धेरै हदसम्म आगो नियन्त्रणमा आइसकेको छ’ उनले भने ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका थिए । सुरुमा उनीहरु जंगलमा लागेको आगो निभाउँदा खटिएका कारण गाउँमा ठूलो क्षति भएको भनिएको छ ।

आगलागीका कारण खानेपानीका पाइप जलेका छन्, विद्युत् अवरुद्ध छ । बुधबार बिहान प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीसहितको टोलीले आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार