शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु

  • बुधबार, बैशाख १५, २०७८
कोरोना संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । ती पुरुषलाई मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै, बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैशाख १३ गते भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको उपचारको क्रममा मध्यरातमा मृत्यु भएको डा. दासले बताए ।

चर्चामा

सम्बन्धित समाचार