शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका पुर्ण खोप सुनिश्चितता घोषणा

बडीमालिका पुर्ण खोप सुनिश्चितता घोषणा

  • सोमवार, बैशाख १३, २०७८
बडीमालिका पुर्ण खोप सुनिश्चितता घोषणा

      जिल्लाको बडीमालिका नगरपालिका सोमबार पुर्ण खोपयुक्त तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका नगर प्रमुख पदम बडुवालले औपचारिक रुपमा पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गरेका छन । नगरपालिका जिल्लाको अन्तिम रुपमा खोपयुक्त तथा सुनिश्चिताको घोषणामा भएको हाे ।
जिल्लालाई नै पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गर्ने गरी तयारी भइरहेकोले उक्त नगरपालिकाले पनि पुर्ण खोपयुक्त घोषणा गरेको नगरपालिका स्वास्थ्य शाखा संयाेजक टेक बहादुर खड्काले बताए । नगरपालिकामा रहेका जन्मेदेखि देखि १५ महिना मुनिका बालबालिकाहरुले सबै प्रकारका खोप पाएकाले नगरपालिकालाई खोपयुक्त घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक खड्काले बताएका छन् ।
नगरपालिकामा जन्मेदेखि १५महिना मुनीका चार सय ६१ जना बालबालिका र १६ देखि २३ महिना मुनीका बालबालिका २ सय ४८ जनाले खोप प्राप्त गरी सकेकोले पुर्ण खोप तथा सुनिश्चितता र दिगोपना घोषणा गरेको स्वास्थ्य संयोजक खड्काले बताए । पुर्ण खोप युक्त तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय बाजुराका लाल खड्काले खोपका विषयमा जानकारी गराएका थिए ।
खोप कार्यक्रम लागू भएपछि नेपालको जनसंख्या तिब्र वृद्धिदर घटेको र बालबालिकाहरु अपाङ्ग हुनबाट जोगिएको विभिन्न खालका सरुवा रोगबाट हुन सक्ने मृत्युुदर नियन्त्रण भएकास्वास्थ्य शाखा संयोजक खड्काको भनाई रहेको छ । खड्काले कोभिड–१९ कोरोना रोग नियन्त्रणको लागि खोपले कोरनाबाट मृत्यु नहुन सक्ने कुरामा प्रकाश पारेका हुन् । नगरपालिकाका नगर प्रमुख पदम बडुवालकोे अध्यक्षतामा संचालन भएको कार्यक्रममा  ९ वटै वडाका वडाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत धुर्ब प्रशाद कोइराला ९ वटै वडाका स्वास्थ्यका स्वास्थ्य प्रमुख  र पत्रकारकाे उपस्थिती रहेका थिए ।
नगरपालिका–६ वडाध्यक्ष कला बडुवालले स्वागत मन्तव्य राखेको कार्यक्रमको स्वास्थ्य संयोजक टेक खड्काले गरेका थिए । अभियानमा सहयाेग गरेकाे भन्दै सबै वडालाइ प्रमाण पत्र समेत सम्मान गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार