शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिका पुर्ण खोप युक्तपालिका घोषणा घोषणा कार्यक्रम सम्पन्न

त्रिवेणी नगरपालिका पुर्ण खोप युक्तपालिका घोषणा घोषणा कार्यक्रम सम्पन्न

  • सोमवार, बैशाख १३, २०७८
त्रिवेणी नगरपालिका पुर्ण खोप युक्तपालिका घोषणा घोषणा कार्यक्रम सम्पन्न

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकालाई पुर्ण खोप दिगोपना तथा सुनिश्चतता घोषणा कार्यक्रम गरिएको छ । आईतवार एक औपचारिक कार्यक्रमका विच पुर्ण युक्त पालिका घोषण कार्यक्रम खोप समन्वय समितिका संयोजक तथा त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको नगरपलिकाले जनाएको छ ।
नगरपालिकामा ० देखि १५ महिना सम्मका ५३८ बालबालिकाहरुले खोप लिईरहेको बताएको छ । त्यस्तै १६ देखि २३ महिनाका २८६ बालबालिकाहरुले नेपाल सरकारको राष्टिय खोप तालिका बमोजिम लगाउनु प्रर्ने सम्पुर्ण खोप लगाई घोषण कार्यक्रम गरिएको त्रिवेणी नगरपालिका निःप्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि प्रशाद साहले बताए । अधिकृत शाहका अनुसार कार्यक्रममा विश्वमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई मध्यनजर गरि अर्थात स्वस्थ्यका मापदण्डको प्रयोग गरि पुर्ण खोप दिगोपना तथा सुनिश्चता घोषण कार्यक्रमको गरिएको बताए । घोषणा कार्यक्रमको प्रतिविेदन प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि शाहले प्रस्तुत गरि जिल्ला स्वस्थ्य कार्यलय बाजुराका प्रतिनिधि लाल बहादुर खड्कालाई हस्तान्तरण गरिएको छ ।

घोषण कार्यक्रम पालिका समन्वय समितिका संयोजक तथा त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलकोे अध्यक्षतामा संचालन भएको थियो । त्यसैगरि घोषण कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत चिरन्जिवि प्रशाद साह , शिक्षा शाखा प्रमुख गाणेश बहादुर साउँद , जिल्ला स्वास्थ्य शाखा बाजुराका प्रतिनिधि लाल बहादुर खड्का , नेपाल रेडक्रस सोसाईटि बाजुरा शाखाकि अधिकृत ईस्वरी सुवेधि सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन रत्न बहादुर अएडीले गर्नु भएको सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार