बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ, पत्रकार सम्मेलन मार्फत सार्बजनिक

बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ, पत्रकार सम्मेलन मार्फत सार्बजनिक

  • आइतवार, बैशाख १२, २०७८
बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ, पत्रकार सम्मेलन मार्फत सार्बजनिक

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का  बर्ष ६०मन मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरुले चितुवा मारेर हड्डी दातँ र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा बिषेश सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले पत्रकार सम्मेल मार्फत जानकारी दिएका छन ।
सुराकीका आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राउ गरी जिल्ला थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा रहेका छन भने उनिहरूबाट बरामत गरिएका १ थाज छाला ३ थान दातँ दुइटा खुट्टा र १ थान टाउकाे देखी अस्थिरपन्चर १ थान सबै जिल्ला बन डिभिजन कार्यालय बाजुरालाइ बुझाएकाे उनिहरूकाे बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरी नायव उपिरक्षक महराले बताए । सोही नगरपालिकाबाट करिव १ बर्ष पहिले पनी चितुवाको छाला हड्डी दातँ र अन्य मृगका हड्डी सहित केही ब्यक्ती हरु पक्राउ परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार