मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

  • आइतवार, बैशाख १२, २०७८
ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

१२ वैशाख, काठमाडौं — पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।

ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्वर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले जानकारी दिए । सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार