मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, बैशाख १२, २०७८
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी– कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुस्टि भएको थियो। उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।

यो सहित गोदावरी नगरपालिकाका अहिले सम्म १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार