मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

  • शनिबार, बैशाख ११, २०७८
बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ४ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिकाका मानसिहं थापा र तुला शार्की रहेका छन । उनिहरुले चितुवा मारेर हड्डी दातँ र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा बिषेश सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।
सुराकीका आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राउ गरी जिल्ला थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने प्रहरी निरीक्षक महराले बताएका छन ।

आज दिउसो प्रहरीको टोलीले दातँ छाला र हड्डी बरामत गर्नुका साथै दुई जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउदै गरेको बताएका छन । सोही नगरपालिकाबाट करिव १ बर्ष पहिले पनी चितुवाको छाला हड्डी दातँ र अन्य मृगका हड्डी सहित केही ब्यक्ती हरु पक्राउ परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार