शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार

केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार

  • शनिबार, बैशाख ११, २०७८
केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार

काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

खोटाङको हलेसी तुवाचुङ्गको शिविरमा १ हजार ३ सय ५६, रावावेसीमा १ हजार ४ सय ५५ र काठमाडौंको भीमसेन गोलामा सञ्चालित शिविरमा ८ सय ७२ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरहरुमा केएमसीका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै इसीजी, ल्याब र भिडियो एक्सरेसहित सामान्य शल्यक्रिया पनि गरेका छन् ।

तीन वटै शिविरमा ४८७ जनाको इसीजी, ५३२ को ल्याब टेष्ट र ५१३ को भिडियो एक्सरे गरिएको छ । यता, दाँतमा समस्या भएका ६७ जनाको दाँत खोलिएको छ भने २० जनाको सामान्य शल्यक्रिया गरिएको केएमसीले जनाएको छ । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरी केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरलाई सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार