शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीमा मास्क नलगाउनेलाई धमाधम कारबाही गर्दै प्रहरी

धनगढीमा मास्क नलगाउनेलाई धमाधम कारबाही गर्दै प्रहरी

आज मास्क नलगाउने ४७ जनालाई कारवाही गरियो

  • बिहिबार, बैशाख ९, २०७८
धनगढीमा मास्क नलगाउनेलाई धमाधम कारबाही गर्दै प्रहरी

धनगढी– धनगढीमा मास्क नलगाएर सडकमा हिड्नेलाई प्रहरीले धमाधम कारवाही गर्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनपछि सडकमा मास्क नलगाई हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहररीले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको हो।

बुधबार मात्रै प्रहरीले मास्क नलगाई हिड्ने ४७ जनालाई कारवाही गरेको छ। जनही १ सय रुपैयाँको दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार