बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • २६ वर्षअघि भारत हिँडेका भक्तबहादुरले घर नै बिर्सेपछि….

२६ वर्षअघि भारत हिँडेका भक्तबहादुरले घर नै बिर्सेपछि….

  • बुधबार, बैशाख ८, २०७८
२६ वर्षअघि भारत हिँडेका भक्तबहादुरले घर नै बिर्सेपछि….

३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले बाँके जिल्लामा प्रहरीको शरणमा आइपुगेका छन् ।

आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् । २०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न हिँडेका भक्तबहादुर यो बीचमा एकपटक पनि घर आएनन् ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी गिरीका अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि त्यहाँका नेपालीहरुले उनलाई उद्धार गरी मंगलबार बाँके जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाएका हुन् ।

जितपुर घर बताएका उनले बर्दियाको दमौली भन्ने ठाउँमा दाजुभाइ तथा आफन्त रहेको प्रहरीसमक्ष बताएका थिए । सोहीअनुसार प्रहरीले उनका आफन्तको खोजी गरेको र उनीहरुसँग सम्पर्क भएको बताइएको छ ।

भारतमा रहँदा उनले ११ वर्षसम्म सडक मजदुरी गरे । त्यसपछि किन्चर टोल कै जितराम भन्ने व्यक्तिको घरमा १५ वर्षसम्म उनी घरेलु कामदारका रुपमा रहे ।

पछिल्लो समय मानसिक सन्तुलन गुमाएका उनलाई जितरामले घरबाट निकालेपछि बेखर्ची भएर अलपत्र अवस्थामा पुगेको र नेपालीहरुले नै उनलाई उद्धार गरी नेपालसम्म ल्याएको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार