बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • भारतबाट फर्केर होमक्वारेन्टिन बसेका सुदूरपश्चिमका एक युवकको मृत्यु

भारतबाट फर्केर होमक्वारेन्टिन बसेका सुदूरपश्चिमका एक युवकको मृत्यु

  • बुधबार, बैशाख ८, २०७८
भारतबाट फर्केर होमक्वारेन्टिन बसेका सुदूरपश्चिमका एक युवकको मृत्यु

धनगढी — भारतबाट फर्केर होमक्वारेन्टिनमा बसेका युवकको सामान्य स्वास्थ्य समस्या देखिएपछि मृत्यु भएको छ ।

११ दिनअघि भारतको गुजरातबाट फर्केका डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

संगै काम गरिरहेका ती युवकका दाईको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको बताइएको छ । दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ । ती युवकको मृत्यु पछि घटाली गाउं त्रसित बनेको स्थानियले बताएका छन् ।

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । दाजुको भारतमा कोरोनाकै कारण मृत्यु हुनु र दाजुसंगै भएका भाइ घर आएर मृत्यु हुनुले कोरोनाको आशंका स्थानीयले गरेका हुन ।

पछिल्लो समय मृत्युपछि स्वाब परीक्षण नगर्ने मन्त्रालयको निर्देशन रहेकोले स्वाब परीक्षण नहुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । ती युवकको बुधबार दाहसंस्कार गरिने प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार