शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

  • मङ्लबार, बैशाख ७, २०७८
दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

धनगढी — भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३२ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए ।

विगत ५।६ महिना भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमबार राति खटीमास्थित चक्करपुरमा बसमै मृत्यु भएको थापाले बताए ।

कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार