बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

  • सोमवार, बैशाख ६, २०७८
होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

बाँके — बाँकेमा होम आइसोलेसनमा बसेका एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरमा बसेका एक पुरुषको आइतबार राति मृत्यु भएको हो । कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय पुरुषको आफ्नै निवासमा आइतबार राति १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु भएका व्यक्ति दीर्घरोग (पक्षपात) को रोगी भएको र उपचारका लागि भारत गइ वैशाख ४ गते नेपाल फर्केका थिए । वैशाख ५ गते नेपालगञ्ज मेडिकल कलेजमा शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भइ कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार