शनिबार, असार ५, २०७८
  • होमपेज
  • समाचार
  • उपचाररत सङ्क्रमित महिलाको मृत्यु

उपचाररत सङ्क्रमित महिलाको मृत्यु

  • सोमवार, बैशाख ६, २०७८
उपचाररत सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आइतबार मृत्यु भएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार