शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीको रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशक जैशीमाथि कुटपिट

कैलालीको रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशक जैशीमाथि कुटपिट

  • सोमवार, बैशाख ६, २०७८
कैलालीको रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशक जैशीमाथि कुटपिट

धनगढी– कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड भएको छ।

स्थानीय ९ जनाको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेकाे छ।

नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा लम्कीकै स्थानीय भुपेन्द्र बिकका अनुसार लम्की चुहा नगरपालिका १ का टेकराज कठायतसहित ९ जनाको समूहले संघातिक हमला गरेको हो।

बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेकाे हाे।

प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय कैलाली घटनाबारे बेखबर बनेको छ।

चर्चामा

सम्बन्धित समाचार