• होमपेज
  • समाचार
  • शैक्षिक सुधारका लागि ५४ विद्यालय छनोट

शैक्षिक सुधारका लागि ५४ विद्यालय छनोट

  • शनिबार, बैशाख ४, २०७८
शैक्षिक सुधारका लागि ५४ विद्यालय छनोट

डोटी– यहाँका नौ स्थानीय तहका ५४ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

विद्यार्थीको अनुपातलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय एकाइ डोटीले जनाएको छ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्लाको शिखर नगरपालिकाका १२, दिपायल सिलगढी नगरालिकाका–२, बडिकेदारका ८, आदर्श १०, केआइसिंह ७, जोरायल ३, पुर्वीचौकी ३, बोगटान फुड्सिल ३ तथा सायलमा ३ वटा विद्यालय छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

यहाँका विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेपछि अभिभावक निकै खुशी छन्।
कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयको भौतिक पूर्वाधार विकास, पहाडी क्षेत्रमा आवासीय सुविधासहित अतिविपन्न, अभिभावकविहीन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको बताइएको छ।

यस्तै शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषय पनि कार्यक्रममा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार