शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा अलपत्र आउसेको शिक्षण अस्पताल काठमाडौमा उपचार हुदै

आर्थिक अभाबमा अलपत्र आउसेको शिक्षण अस्पताल काठमाडौमा उपचार हुदै

  • शुक्रबार, बैशाख ३, २०७८
आर्थिक अभाबमा अलपत्र आउसेको शिक्षण अस्पताल काठमाडौमा उपचार हुदै

बाजुरा–गौमुुल गाँउपालिका ४ मनाकोट बस्ने ४२ बर्षिय आउसे कामीको शिक्षण अस्पताल काठमाडौमा उपचार भइरहेको छ । आर्थिक अभाबमा उपचार गर्न नसक्दा अलपत्र परेको समचार बडिमालिका खबरमा प्रकाशित पछि उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

No description available.
समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले उपचार सहयोग गरिरहेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेत वताएका छन् । समचार प्रकाशित पछि उनलाई बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार गरिरहेको वताएका छन् । समचारमा अलपत्र परेको जानकारी पाएपछि उनको उपचारमा सहयोग गरेको अध्यक्ष बस्नेतले वताए ।

आउसेको नशा सम्बन्धि समस्या भएको चिकित्सकले वताएका छन् । पहिलो चरणमा उनलाई तिन महिनाको लागि औषधि दिएको छ, त्यसपछि सञ्चो नभएपछि अप्रेशन गर्नुपर्ने अबस्था रहेको संस्थाका अध्यक्ष बस्नेतले वताए । धेरै नशाहरुमा समस्या आएकाले अप्रेसन गर्न पनि सहज नभएको अस्पतालले जनाएको छ । आउसेको खान बस्न देखी सम्पुणर् उपचार संस्थाले सहयोग गरिरहेको छ ।

No description available.
आउसेलाई जिल्ला अस्पताल बाजुरा र बयलपाटा अस्पताल बाट अन्यत्र रिफर गरेको भएपनि पैसा नहुुदा अलपत्र अबस्थामा रहेको साउनेकी श्रीमति साउनी कामिले बताएकि थिईन् । संस्थाको सहयोगमा काठमाडौ उपचार भइरहेको साउनीले वताएकि छन् । पत्रकारलाई भेटेर हामिले समस्या राख्यौ, अहिले उपचारमा सहयोग भएको खुशी हुदै उनले वताईन् ।
आउसेको २०६५ सालमा यस्तै समस्या भएपछि दायाँ खुुट्टा काटनुु परेको थियो । जेनतेन गरेर उपचार गरे, कोहोलपुुर मेडिकल कलेजमा खुुट्टा काटेर ठिक भएको थियो आउसेले वताए । त्यो बेला नेपालगञ्जमा क्यान्सरका कारणले खुुट्टा काटेको भएपनि तर उनको नशा सम्बन्धि समस्या रहेको शिक्षण अस्पताल काठमाडौले वताएको छ । राम्रो सँग रोगको निदान नगरेर खुुट्टा काटेको अस्पतालले जनाएको छ । अहिले अर्को खुुट्टाको पैतलामा घाउ रहेको छ, पिप आइरहेको थियो । उपचार पछि अहिले केही सञ्चो भइरहेको आउसले वताएका छन् ।

No description available.
अस्पतालले आउसेलाई नेपालगञ्ज तथा काठमाडौ लिनुुपर्ने वताएपनि पैसा नहुुँदा बयलपाटा अस्पताल बाट घर फिर्ता भएका थिए । दायाँ खुुट्टामा घाउ भएको बेला सुुगर र क्यान्सर भएको भन्दै डाक्टरले खुुट्टा काटिएको थियो, १२ बर्ष सम्म केही भएको थिएन्, १ महिना देखी अर्को खुुट्टा पनि घाउ शुुरु भएको आउसेले वताए । स्थानिय स्वास्थ्य चौकी हुुदै अस्पताल सम्म पुुग्दा पनि ठिक नभएको थियो ।

No description available.
आउसेकी श्रीमति साउनी कामी श्रीमानको उपचारका लागि हारगुुहार गरिरहेकी थिईन् । भएको सम्पत्ति पहिला बिरामी हुुँदा बिक्रि गरेर सकेको थियो, अहिले नेपालगञ्ज काठमाडौ जाने गाडिभाडा समेत थिएन्, सहयोग पाँउदा काठमाडौमा उपचार गरिरहेको साउनीले वताईन् । ३ हप्ता पहिला घरमा २ वटा बच्चा छोडेर उपचारका लागि श्रीमानलाइ अछाम पुुयाए, त्यहाँ ठिक नहुुने भनेपछि फिर्ता ल्याएको रुदै साउनीले वताईन् ।
आउसेकी श्रीमति साउनी श्रीमानको उपचार सहयोगका लागि सदरमुुकाम मार्तडीमा भौतारिरहेकी थिईन् ।सम्पत्तिको नाममा एक खरले छाएको छाप्रो घर भन्दा बाहेक अरु केही नरहेको स्थानियले वताएका छन् । गौमुुल गाउँ पालिका अध्यक्ष हरि बहादुुर रोकायाले भने सामान्य उपचार खर्च त गाँउपालिकाले सहयोग गरेका थियौ, काठमाडौ नेपालगञ्ज लिनुुपर्ने भएपछि पैसा ब्यबस्थापन गर्न समस्या भएको वताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार