बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • गएरातिको हावाहुरीसँगैको चट्याङ लागेर २ जनाको मृत्यु

गएरातिको हावाहुरीसँगैको चट्याङ लागेर २ जनाको मृत्यु

  • शुक्रबार, बैशाख ३, २०७८
गएरातिको हावाहुरीसँगैको चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं —हावाहुरीसँगै परेको चट्याङका कारण बाग्लुङ र स्याङ्जामा दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले रातोपाटीलाई बताए ।

बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था मध्यम छ ।

गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिलमलाको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार