शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • भाइरल हुँदै ४७ लाखको ब्याग

भाइरल हुँदै ४७ लाखको ब्याग

  • बिहिबार, बैशाख २, २०७८
भाइरल हुँदै ४७ लाखको ब्याग

यतिबेला लुई भिटाको हवाइजहाज डिजाइनको ब्याग ‘भाइरल’ भइरहेको छ। लुई भिटाकामो क्रियटिभ निर्देशक भर्गिल अब्लोले गत जनावरीमा पेरिसमा लुई भिटाको नयाँ ब्याग सार्वजनिक गरेका थिए। ब्याग हवाइ जहाज जस्तै आवरणमा थियो। अहिले सोही ब्याग ‘भाइरल’ बनेको हो।

भर्गिल अब्लो फेसन लेभल अफ–ह्वाइटका संस्थापक समेत हुन्। उनले पुरुषहरूलाई हुने खालको हवाइजहाज डिजाइनको पर्स डिजाइन गरेका हुन्। यसको मूल्य अमेरिकी डलर ३९ हजार तोकेको छ। अर्थात् नेपाली ४७ लाख ३ हजार रुपैयाँ बढी पर्छ। गत वर्षको ग्रीष्ममा पनि अब्लोले साङ्घाइमा विभिन्न जनावर र खेलौनाको आकारमा बनेका ब्यागहरू सार्वजनिक गरेका थिए।

अब्लो पहिलो डिजाइनर भने होइनन्, जसले यस्तो रोचक डिजाइनमा ब्याग बनाएर सार्वजनिक गरे। अमेरिकी डिजाइनर थोम ब्राउनले यसअघि हेक्टर ब्याग सार्वजनिक गरेका थिए। जुन निकै रोचक डिजाइनमा छ।

डिजाइनर थोमले यो ब्याग डास्हुन्ड प्रजातिको कुकुरबाट प्रेरित भएर बनाएका हुन्। यसको मूल्य अमेरिकी डलर २६ हजारदेखि ३० हजारसम्म छ।

चर्चामा

सम्बन्धित समाचार