शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • नव बर्सको स्वागतमा धुमधाम भयो

नव बर्सको स्वागतमा धुमधाम भयो

  • बिहिबार, बैशाख २, २०७८
नव बर्सको स्वागतमा धुमधाम भयो

नव बर्सको स्वागतमा धुमधाम भयो,
बधाई र स्वागत हरु शुभ साम भयो।

बहाना हो मानिश लाई हाँस्ने हशौने,
बिहान देखुन हाम्रो यही काम भयो।

जति छिप्पिए पनि संस्कार उस्तै रैछ,
संसार मा समाज पनि बद्नाम भयो।

आमा छाडौँ पुरानो बिचार नयाँ फेरौँ,
रुढिवाद ले हाम्रो देश धेरै जाम भयो।

हामि मरे पनि यही माटोमा मिसिन्छौँ,
हाम्रो लागी स्वर्ग नर्क यहि ठाम भयो।

हाम्रो भन्नु त यही धर्ति र आकाश हो,
बाटो देखाउँने मात्र जुन र घाम भयो।

थाहाछ फुकेर झारेर निको हुँदै हुँदैन,
औसधी उपचारले मात्र आराम भयो।

चर्चामा

सम्बन्धित समाचार