शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बैशाख ७ गते देखी बाजुरामा कोरोनाको दोस्रो मात्राको खोप लगाईने

बैशाख ७ गते देखी बाजुरामा कोरोनाको दोस्रो मात्राको खोप लगाईने

  • बुधबार, बैशाख १, २०७८
बैशाख ७ गते देखी बाजुरामा कोरोनाको दोस्रो मात्राको खोप लगाईने

बाजुरा — बाजुरा जिल्लामा २०७७ माघ १५ फागुन ९ गते सम्म बिभिन्न चरणमा पहिलो खोप लगाएका ब्यक्तीहरुलाई दोस्रो मात्र लगाईने भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी स्थानीय जनप्रतिनिधी पत्रकार लगायतहरुलाई खोप लागाईको थियो । सोही बमोजीम बैशाख ७ गते देखी ११ गते सम्म पहिलो चरणमा खोप लगाएका ब्यक्तीलाई दोस्रो मात्र खोप लगाउन जानकारी गराएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । दोस्रो मात्रको खोप बाजुरा जिल्लाका सबै स्थानीय तहका मुकामहरुमा लगाईने प्रमुख पन्तले बताएका छन ।
खोप लगाउन आउदा पहिलेको खोप कार्ड अनिबार्य ल्याएर आउनुपर्ने नियम भएकोले सो कार्ड सहित खोल लगाउन आउन सबैमा जानकारी गराएको स्वास्थ्य कार्यालय प्रमुख पन्तले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार