बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा बदेलको मासु ४ नाल बन्दुक सहित २ जना पक्राउ

बाजुरामा बदेलको मासु ४ नाल बन्दुक सहित २ जना पक्राउ

  • बुधबार, बैशाख १, २०७८
बाजुरामा बदेलको मासु ४ नाल बन्दुक सहित २ जना पक्राउ
फाइल तस्बिर

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ३ गुदुखातीबाट बदेलको ताजा मासु ४ नाल घरेलु भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका वडा न ३ का बर्ष ४५ का बने बहादुर धामी र सोही वडाका बर्ष ४३ का मन बहादुर धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले बताउका छन ।
मने धामीको घरमा भखर मारेको बदेलको मासु फेला परेको र मन बहादुर धामीको घरमा बदेलेको मासु र १ नाल भरुव बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ठगुन्नाले बताएका छन । बाकी तिन नाल बन्दुक कसको हो भन्ने बिषयमा अनुसंन्धान भईरहेको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन । जंगली बदेलको मासु जिल्ला बन डिभिजन कार्यालय बाजुरामा बुझाएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार