शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती

बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती

  • सोमवार, चैत्र ३०, २०७७
बाजुराको २ सय ९३ बढि हेक्टर जगंलमा आगलागी लाखाैँकाे क्षेती

जंग रावल — बाजुरा जिल्लाको बिभिन्न जंगलमा गरि २ सय ९३ हेक्टर आगलागि भएको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् । बाजुराका अधिकाङस जंगलमा लागेको डढेलो अझै पूणर् नियन्त्रणमा आउन नसकेको जिल्ला बन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभार चन्द अयडीले बताएका छन ।
बाजुरा जिल्लाको सबैभन्दा बढि बडिमालिका नगरपालिका १ को भेरालमाण्डौ सामुदायीक बनमा क्षेती पुगेको जिल्ला बन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभार चन्द अयडीले बताएका छन । सो बनमा १ सय २० हेक्टर जंगलमा क्षेती पुगेको बताए । त्यसै गरी सोही नगरपालिका २ को सल्लेना सामुदायीक बनमा ६० हेक्टर जाल्पा जनशक्ति कृषि सामुदायीक बनमा ५० हेक्टर बडिमालिका नगरपालिका ७ को कोस्याडा सामुदायीक बन २ हेक्टर सो वडाको खिरिडा भुजन्तोला सामुदायीक बन २ दशमलव ५ हेक्टर जंगलमा क्षेती भएको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै बडिमालिका नगरपालिका १ को जाल्पादेवी सामुदायीक बनमा ३ हेक्टर, पिनालेक सामुदायीक बनमा वडा न १ मा २ हेक्टर, बिनिकोट सामुदायीक बनमा वडा न २मा १५ हेक्टर वडा न ४ को भोडी ओडार सामुदायीक बन १० हेक्टर, गजयापातल बैठल सामुदायीक बन वडा न ८ र ९ मा ४ हेक्टर घटला साुमदायीक बन बडिमालिका ३ मा ४ हेक्टर कालिका सल्लेरी सामुदायीक बन वडा न ८ मा ३ हेक्टर थापाथली सामुदायीक बन वडा न ८ मा ५ दशमलव शुन्य ५ हेक्टर र मष्टेश्वरी सामुदायीक बन वडा न ८मा १ दशमलव ५ हेक्टर जगंलमा आगलागी भएको तथ्याङक रहेको छ ।
बढिनन्दा नगरपालिका वडा नम्मर २ मा रहेको बाहुनीमाण्डौ सामुदायीक बनमा ३ हेक्टर नुरी सुगरखाल सामु्दायीक बन वडा न २ मा २ दशमलव ५ हेक्टर जंगलमा क्षेती भएको जिल्ला बन डिभिजन कार्यालय बाजुराको तथ्याङक रहेको छ ।
त्यसै गरी जगन्नाथ गाउँपालिकाको काउचा झुणकाटिया सामुदायीक बनमा २ दशमलव ५ हेक्टर जगंल क्षेती भएको छ भने गौमुल गाउँपालिका वडा न ५ मा रहेको पोख्रा गड्यापातल सामुदायीक बनमा २ हेक्टर बनमा आग्लागीबाट क्षेती भएको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी गौमुल गाउँपालिकाकै वडा न ५ मा रहेको तरपरे खर्क सामुदायीक बन ५ दशमलव शुन्य पाचँ हेक्टर जंगलमा क्षेती भएको छ भने सोही गाउँपालिकाको वडा न १ मा रहेको सुर्योदय सामुदायीक बनमा १ दशमलव ५ हेक्टर जंगलमा आग्लागी भएर क्षेती भएको र यो तथ्याङक बढ्दै जाने जिल्ला बन डिभिजन कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख अयडीले बताएका छन ।
उल्लेखीत जंगलमा लागेको आगोले जंगलमा रहेका बोट बिरुवा जंगली जनावरका साथै घर छाना र मानबिय क्षेती समेत भइसकेको जनाएको छ । एक महिना अगाडी बडिमालिका नगरपालिका वडा न ३ की एक महिलाको आगो निभाउन जाने क्रममा घाईते भइ उपचारको क्रममा मृत्यु भइसकेको जनाएको छ । केही दिन अगाडी सल्लेना सामुदायीक बनमा लागेको आगोले ६ ओटा छाना र १ घर समेत जलेर नष्ट भएको छ ।

चर्चामा

सम्बन्धित समाचार