शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको जंगल जलेर सखाप हुदा पनी बन कार्यालय र प्रशासन मौन

बाजुराको जंगल जलेर सखाप हुदा पनी बन कार्यालय र प्रशासन मौन

  • शनिबार, चैत्र २८, २०७७
बाजुराको जंगल जलेर सखाप हुदा पनी बन कार्यालय र प्रशासन मौन

बाजुरा — बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका बनहरु जलेर नष्ट हुदा पनि यहाँको बन कार्यालय र प्रशासन मौन बसेका छन । बनमा लगाएको आगो निभाउन असम्भव भएको भए पनी आगो लगाउने कोहो भनेर खोजिनिती पनी हुन नसकेको स्थानीयको भनाई रहेको छ ।
सदरमुकाम मार्तडी नजिकैका ४ वटा सामुदायिक वनमा एकैपटक आगलागि हुँदा पनी जिल्ला बन डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय भने मुखदर्सक बनेको स्थानीयले आरोप लगाएका छन । सामुदायीक बन उपभोक्ता समितिको लापरबाही र सम्बन्धीत निकायको मौनताले जिल्लाका धेरै बनहरु डढेलो लागेर सखाप भएको नागरिक अगुवाहरुको भनाई रहेको छ ।
बाजुरा अधिकांस सामुदायिक वनमा आगलागि भएपनि अहिलेसम्म वनमा आगो लगाउने कसैको पनि पहिचान गर्न सकेको छैन् । आगलागीमा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही नगरेकै कारण यस्ता घटना बढिरहेको बताइएको छ ।
वनमा आगो लगाएपछि साना बोटविरुवा, झारपात जलेर नष्ट हुने र हरियो घाँस पलाउने आसले वनका आगो लागउने गरेको स्थानीयको भनाई छ । त्यस्तै पशुबस्तुहरुका लागि वर्खाको समयमा हुने हरियो घाँसका आसले डढेलो लागाउने गरेको उनीहरुको भनाई छ ।
बाजुरा जिल्लाको बडिमालिका २ घागर नजिकै लागेको आगोले जलेर ६ छाना र १ घर जलेर नष्ट भएका छन । अज्ञात समुहले सामुदायीक बनमा लगाएको आगोले स्थानीयका छना सहित घर जलेर नष्ट भएका हुन ।
बडिमालिका नगरपालिका २ घागर नजिकै लागेको आग्लागीबाट लाखौँको क्षेती भएको स्थानीयले बताएका छन । सामुदायीक बनमा लागेको आगोले बाजुराको बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना सामुदायिक वन, वडा नं २ को भेलालमाण्डौं सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वनमा लागेको आगोले ६ वटा घरछाना जलेर नष्ट भएको स्थानीयले जनाएका छन । जसमा मासे कार्की-१ छाना, हंश कार्की-१छाना,मनरुप कार्की १ छाना र १ घर जलेर नष्ट भएका छन । त्यसै गरी लालसिंह कार्की-१ छाना, करे कार्की -१ छाना लाल बहादुर कार्की -१ छाना गरि ७ वटा घरछाना जलेर पूणर्रूपमा नष्ट भएका स्थानीय लाल बहादुर कार्कीले बताएका छन ।
बाजुराको बडिमालिका नगरपालिका २ घागरमा रहेको भेरालमाण्डौं सामुदायिकमा भिषण आगलागि भएको छ त्यो संगै वडा नं १ मा रहेको सल्लेना सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वन र बडिमालिका नगरपालिका ९ को जननौटी सामुदािक बन पूणर्रूपमा जलेर सखाप हुदा समेत स्थानीय प्रशासन र बन कार्यालय मौनरुपमा बसेका छन । अहिलेसम्म एउटा घर पूणर् रूपमा जलिसकेको छ । तर सम्बन्धित निकाय भने मौन अवस्थामा रहेको देखियो स्थानीयले बताए ।

वन नजिकै घर भएको स्थानीयहरुले जोखिम मोलेर बस्नु पर्ने बाध्यता रहेको छ । बढीजसो रातीको समय एक्कासी वनमा आगो लगाइदिने भएकाले कतिबेला के हुने हो भन्ने थाहै नपाईने र यसले गर्दा ठुलो घटना र क्षति हुन सक्ने स्थानीयले बताएका छन् । आगलागी गर्नेको पहिचान गरी कानूनी कारवाही गरे मात्र चेतना जाग्ने र कम आगलागी हुने स्थानीयको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार