बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन

सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन

  • शुक्रबार, चैत्र २७, २०७७
सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन

काठमाडौं — सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरे ।

सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाए । ‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात भयो । यो गलत छ । यसले न्यायपालिका राजनीतिको शिकार बन्ने चिन्ता छ’ शाक्यले पत्रकार सम्मेलनमा भने, ‘सक्षम र इमान्दार व्यक्तिको छनोट हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानकर्षण गरिसकेको समेत जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार