शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धेरै जसोले मैदानमा उतारे राम्रो भयो,

धेरै जसोले मैदानमा उतारे राम्रो भयो,

  • बिहिबार, चैत्र २६, २०७७
धेरै जसोले मैदानमा उतारे राम्रो भयो,

धेरै जसोले मैदानमा उतारे राम्रो भयो,
कसैले जीते त कसैले हारे राम्रो भयो।

हार जीत त्यही हुँन्छ चुनावी मैदानमा,
आ-आफ्ना कन्डिडेट नारे राम्रो भयो।

एउटै घर हो भाई भाईहौँ हामी पनि त,
ठिकै छ जित्नेले के बिगारे राम्रो भयो।

जस्ले हार्यो फेरी जित्छ धर्य राखे पछि,
हार्नेले ब्यबहार फेरी निखारे राम्रो भयो।

बुद्धीजीवीको शंघर्ष नि मैत्रिपुर्ण हुनु हो,
फिल्डमा राम्रो ब्यबहार झारे राम्रो हुँन्छ।

जित्नेलाई बधाई छ हार्नेलाई धैर्यधारण,
आपसमै बोली बचन न बारे राम्रो हुन्छ।

हो झोलेहरु पनि थिए होलान कता कती,
तर उन्लाई लडाउँन न उफारे राम्रो हुन्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार