शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • आउँने चुनावमा त देश भक्त पत्रकार छान,

आउँने चुनावमा त देश भक्त पत्रकार छान,

  • बुधबार, चैत्र २५, २०७७
आउँने चुनावमा त देश भक्त पत्रकार छान,

आउँने चुनावमा त देश भक्त पत्रकार छान,
देश जनताको हितमा लड्ने कर्णधार छान।

छनलाई छन बिभिन्न पार्टीका झोलेहरु यँहा,
लेखेकहरु निडर निश्पक्षिय ईमानदार छान।

देशमा बिदेशीको हालि मुहाली भएको बेला,
सशक्त र देश जोगाउँन सक्षम औजार छान।

हाम्रो देशको आवाज संसार मा पुराउँन लाई,
पत्रकारितामा भएको मिठाश र निखार छान।

हो राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि,
आमूल परिवर्तन गर्नलाई योग्य अखबार छान।

जनता सँग नङ मासुको सम्बन्ध राख्न सकुश,
हिमाल पहाड र तराई जोगाउँने हथियार छान।

संसारका कुना कुनामा मज्दुर छन सेते जस्ता,
प्रवाशीको हित मा सदै लडोश आर पार छान।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार