शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जब नेताहरुको बुद्धिमा अनिकाल हुँन्छ,

जब नेताहरुको बुद्धिमा अनिकाल हुँन्छ,

  • बुधबार, चैत्र २५, २०७७
जब नेताहरुको बुद्धिमा अनिकाल हुँन्छ,

जब नेताहरुको बुद्धिमा अनिकाल हुँन्छ,
चलि रहेको सरकारमा पनि बबाल हुँन्छ।

नपताए फर्केर हेर हिँजैको ईतिहाश लाई,
प्रष्टनै हाम्रै देशको राजनीतिक हाल हुँन्छ।

संसद देखि सडक सम्म बिदेशीको दृष्टीले,
दिनरात देशको अबस्थामै देखभाल हुँन्छ।

जनता ले सदै भरी अन्याय अत्याचार सए,
आन्दोलन पनि देशभित्र प्रतेक शाल हुँन्छ।

काम खोज्न बिदेश जान्छौ फर्के पछि यँहा,
खानेलाई पनि बिदेशी चामल र दाल हुँन्छ।

आएनन् गरिबका दिन शंघर्ष गर्दा गर्दै पनि,
झन गरिब का समस्या अग्लो प्रखाल हुँन्छ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार