शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • रातोपुलमा भारतीय नागरिक मृत फेला

रातोपुलमा भारतीय नागरिक मृत फेला

  • बुधबार, चैत्र २५, २०७७
रातोपुलमा भारतीय नागरिक मृत फेला

काठमाडौं — काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।

रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् । दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार