बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • एकै दिन २ सय ५० बढी संक्रमित, ४ जनाको मृत्यु

एकै दिन २ सय ५० बढी संक्रमित, ४ जनाको मृत्यु

  • सोमवार, चैत्र २३, २०७७
एकै दिन २ सय ५० बढी संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ । यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हाे । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् । जेठ–असारमा कोरोना संक्रमण अर्को उच्च बिन्दुमा पुग्न सक्छः स्वास्थ्यमन्त्री

पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपाल भित्रिएको कोरोनाको नयाँ भेरिएन्ट कति खतरा ?पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

बढ्दै लापरवाही, फैलिँदै कोरोना काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय

चर्चामा

सम्बन्धित समाचार