बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • फेरि बढ्यो वायु प्रदूषण, धनगढीमा सबैभन्दा बढी

फेरि बढ्यो वायु प्रदूषण, धनगढीमा सबैभन्दा बढी

  • सोमवार, चैत्र २३, २०७७
फेरि बढ्यो वायु प्रदूषण, धनगढीमा सबैभन्दा बढी

२३ चैत, काठमाडौँ —सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ ।

सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।

त्यस्तै काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ । वायु प्रदूषणको मात्रा ५० एक्यूआई भन्दा बढी भएमा खतरा मानिन्छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।

जोशीले भने, ‘काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक क्रमश: कम हुँदै गएको छ। तर कीर्तिपुरमा भने केही बढी देखाएको छ । त्यो जंगलमा लागेको डढेलोको कारण हो ।

अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।

पानी पर्ने सम्भावना कम मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मौसमविद् समीर श्रेष्ठले भने ‘ काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने सम्भावना निक्कै कम छ । तर पश्‍चिम पहाडी भेग कर्णाली, गण्डकी र लुम्बिनीमा हल्का वर्षा हुन सक्छ ।’

चर्चामा

सम्बन्धित समाचार