बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अनुसाशनका राग बोकेर मात्रै पनि पुग्दैन

अनुसाशनका राग बोकेर मात्रै पनि पुग्दैन

  • शनिबार, चैत्र २१, २०७७
अनुसाशनका राग बोकेर मात्रै पनि पुग्दैन

अनुसाशनका राग बोकेर मात्रै पनि पुग्दैन,
बिद्रोहका तालहरु ठोकेर मात्रै पनि पुग्दैन।

एउटा राम्रो देशभक्त क्रान्तिकारी बन्न लाई,
अन्धाधुन्द शंघर्षनै झोकेर मात्रै पनि पुग्दैन।

सचेत संगठित हुँन समयले सिकाएकै हुँदा,
अनाब्यासक शब्द फोकेर मात्र पनि पुग्दैन।

देश र जनताकै लागि लड्नेलाई डर केको,
काम गर्न अरुलाई टोकेर मात्रै पनि पुग्दैन।

प्रतेक ब्याक्तिमा थुप्रै छ खानि प्रतिभा को,
अरुका बिचार सदै रोकेर मात्र पनि हुँदैन।

चाहिन्छन बिधि बिधान र कार्यान्वयनहरु,
बिना ब्यबहार राग घोकेर मात्र पनि हुँदैन।

चर्चामा

सम्बन्धित समाचार