बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • गौमुल गाउँपालिकामा चिकित्सक सेवा, स्वास्थ्य सेवा प्रभाबकारी बन्दै

गौमुल गाउँपालिकामा चिकित्सक सेवा, स्वास्थ्य सेवा प्रभाबकारी बन्दै

  • सोमवार, चैत्र १६, २०७७
गौमुल गाउँपालिकामा चिकित्सक सेवा, स्वास्थ्य सेवा प्रभाबकारी बन्दै

बाजुरा–बाजुराको गौमुल गाउँपालिकाले चिकित्सक सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मेडिकल अधिकृत सहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर गाउँपालिकामा अस्पताल सञ्चालन ल्याएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
गाउँपालिकाकाको कार्यलय घटमुनामा कोभिड १९ अस्थायी अस्पताल सञ्चालन सँगै बिरामी चेकजाँच देखी उपचार सेवा सुचारु गरेको स्वास्थ्य संयोजक हरिचन्द्र बिकले वताएका छन् । बिगत तिन महिना देखी सेवा सञ्चालन ल्याएको गाउँपालिकाले अस्पताल बाट दिने सेवा प्रभाबकारी दिदै आएको छ ।
गौमुल गाउँपालिकामा दुुर्गम गाउँपालिका पर्छ । गाउँपालिकाले पहिलो पटक चिकित्सक सेवा सुचारु गरेको हो । ओपिडि सेवा, ल्याब, र एक्सरे लगायतका सेवा सञ्चालन गरिरहेको छ । अस्पतालमा दैनिक ३५ जना भन्दा बढि बिरामी आउने गरेको डा. रुपेश बाटि ले वताएका छन् । हाडजोर्नी, दम, खोकि घाटिको समस्या भएका बिरामी धेरै आउने गरेको उनले वताए । बिरामी चेकजाँच सगै बिरामीलाई १० मिनेट सम्म परामर्श सेवा समेत दिने गरेको स्टाफ नर्स सपना जोशीले वताएकि छन् ।
महिलाहरु पनि खुलेर स्वास्थ्य समस्या बारे भन्ने गरेका छन्, धेरै महिला तल्लो पेट दुख्ने जस्ता समस्या ल्याएर आउने गरेको स्टाफ नर्स जोशीले वताईन् । चिकित्सक गाँउपालिकामा आएपछि रोग लुुकाउदै बिरामी तथा महिलाहरुले त पहिलो पटक उपचार पाएको वताए । त्यो सँगै पैसा नभएर सामान्य उपचारका लागि जिल्ला बाहिर जान नसक्नेले सेवा पाएको स्थानिय बल बहादुर रोकायाले वताए । स्थानिय दल नेपालिले भने पैसा नहुुँदा जिल्ला बाहिर गएर उपचार गर्न सकेकि थिएन्, गाँउमै चिकित्सक आएपछि उपचार पाँउदा खुशि भएको वताए ।
अस्पतालमा जसो पेट दुुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, दम, छालाको बिरामी आउने गरेका छन् । गाउँपालिका उपाअध्यक्ष सिता थापाले भनिन्, गाउँपालिकामा मेडिकल अधिकृत ल्याएर अस्पताल सञ्चालनमा आएपछि स्थानियलाई निकै सहज भएको वताएकि छन् । सामान्य चेकजाँच तथा चिकित्सक सेवा लिनका लागि जिल्ला अस्पताल बाजुरा जानुपर्ने बाध्यता टरेको उनले वताईन् ।
गाउँपालिकाले ओपेडि टिकट निशुल्क गरेको छ । त्यो सँगै अस्पतालमा १ सय १० प्रकारका औषधि बिरामीलाई निशुल्क दिने गरेको छ । सरकारले निशुल्क औषधिक दिने निणर्य कम गरेको छ, तर गाउँपालिका आर्थिक अबस्था कमजोर भएका धेरै उपचारमा आउने भएकाले १ सय १० प्रकारका औषधि निशुल्क दिने ब्यबस्थापन गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकि अधिकृत जगदिश प्रसाद भट्टले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार