शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • काँग्रेस नेता जोशीको निधन

काँग्रेस नेता जोशीको निधन

  • शनिबार, चैत्र १४, २०७७
काँग्रेस नेता  जोशीको निधन

नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज(शुक्रबार) निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आजसाँझ ८ः२४ बजे निधन भएको अस्पताले आधिकारी जानकारी दिए ।

मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।

‘नेता जोशीको निधनप्रति नर्भिक अस्पताल दुःख प्रकट गर्दछ । शोकाकूल परिवारमा समवेदनाका साथमा दिवंगत आत्माको चिरशान्तिको समेत कामना गर्दछौं ,’ विज्ञप्तिमा उल्लेख छ । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार