शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गर्भ बसेको प्रारम्भिक लक्षण र संकेत के-के हुन् ?

गर्भ बसेको प्रारम्भिक लक्षण र संकेत के-के हुन् ?

  • बिहिबार, चैत्र १२, २०७७
गर्भ बसेको प्रारम्भिक लक्षण र संकेत के-के हुन् ?

गर्भावस्था हरेक महिलाको लागि जीवनको एक सुन्दर चरण हो । साथै कतिपय विवाह अघिको यौन सम्पर्कबाट बस्ने गर्भ आफैँमा झण्झटिलो पनि हुन सक्छ । यस्तो अवस्थामा खुसीको लागि होस् या त अरु अवस्थामा नै । समयमै गर्भ रहेनरहेको जानकारी राख्नु आवश्यक हुन्छ ।

कुनै पनि महिलामा मासिक धर्ममा आउने रोकावट नै गर्भ रहेको सबैभन्दा प्रारम्भिक लक्षण हो । यसको अर्थ मासिक धर्म रोकिनुलाई नै गर्भ बस्यो भनेर बुझ्नु भने उपयुक्त हुँदैन ।

सामान्यतया यौनपछि जब गर्भधारण हुन्छ । अत्यन्त कम महिलामा मात्रै यस्तो लक्षणहरु देखिन थालेको छ । यसको कारण यो हो कि हिजोआज बजारमा पाइने प्रेग्नेन्सी टेस्ट किटको प्रयोग गरेर गर्भको बारेमा जानकारी लिने गर्छन् । कतिपयमा भने यौनसम्पर्कको १० दिनमा केही लक्षण महसुस हुने गर्छ । जस्तो, थकान, लगातार पिसाब आउनु, शारीरिक तापमान बढ्नु, स्तनमा हुने समस्या जस्ता लक्षण देखिन सक्छ ।

गर्भावस्थाको सुरुआती लक्षण हरेक महिलामा एउटै हुन्छ समानता ?

प्रेग्नेन्सीको सुरुआती लक्षण हरेक महिलामा समान हुँदैन । यो यसकारण पनि हो कि हरेक महिलाको शरीरको प्रकृति अलग अलग हुने गर्छ । गर्भ रहेको भनेर जुन सामान्य लक्षणलाई हामीले मान्ने गर्छाैं । ती लक्षणहरु अन्य कारणले पनि हुन सक्छ । तल उल्लेख गरिएको प्रारम्भिक लक्षणहरुले गर्भ रहेको संकेत मात्रै गर्छ । यसको पुष्टिको लागि भने टेस्ट गर्नै पर्छ ।

गर्भावस्थाको प्रारम्भिक लक्षण के–के हो ?

गर्भ रहेको चिनिने सुरुआती लक्षण के हुन्छ ? यसको बारेमा गरिएको एक सर्भेक्षणले केही लक्षणको बारेमा संकेत गरेको छ । यस सर्वेको आधारमा महिलाहरुको मत तल उल्लेख गरिएको छ ।
–उक्त सर्वे अनुसार २९ प्रतिशत महिलाहरूले बताएका छन् कि महिनावारी रोकिनु गर्भवती हुनुको पहिलो लक्षण थियो ।
–२५ प्रतिशत महिलाले वान्ता हुनुलाई गर्भ रहनुको लक्षण मानेका थिए ।
–१७ प्रतिशत महिलाले स्तनको आकारमा आउने बदलाव नै गर्भको लक्षण मानेका छन् ।
–बाँकी ३ प्रतिशतले मात्रै अन्य कारण मानेका छन् ।

कति दिनमा देखिन्छ गर्भावस्थाको लक्षण ?

महिलाको महिनावारी निर्धारित मितिभन्दा एक सातासम्म लम्बियो भने त्यसपछि सम्भावित गर्भावस्थाको संकेत मान्न सकिन्छ । यसबाहेक केही लक्षण र त्यसको समयलाई तल उल्लेख गरिएको छ ।

हल्का ऐठन हुनु – गर्भावस्थाको पहिलो देखि चौथो सप्ताहसम्म
महिनावारी रोकिने – गर्भावस्थाको चौथो हप्ता
थकानको महसुस हुनु – गर्भावस्थाको पाँचौ हप्ता
स्तनमा दुखाइ, संवेदनशीलता र बदलाव – गर्भावस्थाको ४ देखि छैठौं हप्तासम्म
लगातार पिसाब आउनु – गर्भावस्थाको चौथोदेखि छैठौं हप्तासम्म
पेट फुलिनु – गर्भावस्थाको चौथोदेखि छैठौं हप्तासम्म
उल्टी आउनु वा मोसन सिकनेस – गर्भावस्थाको पाँचौदेखि छैठौं हप्तासम्म
शारीरिक तापमानमा परिवर्तन – गर्भावस्थाको छैठौं हप्तासम्म
उच्च रक्तचाप हुनु – गर्भावस्थाको आठौं हप्ता
स्तन वा निप्पलमा परिवर्तन – गर्भावस्थाको ११ औं हप्ता
लगातार वजन बढ्नु – गर्भावस्थाको ११ औं हप्ता
गर्भावस्थाको कारण अनुहारमा चमक आउनु – गर्भावस्थाको १२ औं हप्ता

गर्भ रहेको जस्तै लक्षण देखिने अरू कारण

महिनावारी रोकिनु या यसमा ढिलाइ हुनुको पछि निम्न कारणहरु हुन सक्छन् ।
–हार्माेनल असन्तुलन
–तेज रूपमा वजन कम हुनु
–थकान
–कसरतको प्रक्रियामा बदलाव
–तनाव र चिन्ता
–विभिन्न बिरामीहरू

मर्निङ सिकनेसको अन्य कारण
–विषाक्त भोजन
–चिन्ता
–अन्य पेट सम्बन्धी समस्या

स्तनमा हुनेवाला परिवर्तनको कारण
–हार्माेनल असन्तुलन
–अधिक महिनावारी

चर्चामा

सम्बन्धित समाचार